काठमाडौं । कांग्रेस महामन्त्री गगन कुमार थापाविरुद्ध दायर भएको अदालत अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न आदेश भएको छ। न्यायाधीशद्वय सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेको इजलासमा मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै थापासँग लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो।
थापाले लोकतन्त्र दिवसको अवसरमा गत बिहीबार आयोजित एक कार्यक्रममा संवैधानिक निकायका ५२ जना पदाधिकारीहरूको नियुक्ति विवादमा सर्वोच्च अदालतले ‘डिल’ गरेको अभिव्यक्ति दिएपछि अदालत अवहेलना मुद्दा दायर भएको हो।
थापाले आयोगका पदाधिकारीहरूको कार्यकाल सकिने समय भइसक्दा समेत नियुक्ति नगरेको भन्दै अदालतले डिल गर्यो भने अब यसको विश्वसनीयता के रहन्छ ? भन्दै प्रश्न समेत गरेका थिए। उक्त अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता अनन्तराज लुईटेल,प्रतिभा उप्रेती र विशाल थापाले थापाविरुद्ध सर्वोच्च अदालतमा अदालत अवहेलना मुद्दा दायर गरेका हुन्।