काठमाडौं । पूर्वमन्त्री रामकुमार श्रेष्ठ अकुत सम्पत्ति आर्जनकाे मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पूर्वमन्त्री श्रेष्ठसहित ३ जनालाई दोषी ठहर गरेको छ। विशेष अदालतका सदस्य यमुना भट्टराई र खुसीप्रसाद थारुको संयुक्त इजलासले श्रेष्ठलाई दोषी ठहर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा ४ करोड ४५ लाख २७ हजार ६ सय ६८ रुपैयाँ आर्जन गरेको भन्दै उनीमाथि गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो।
सरकारका पूर्वसचिवसमेत रहेका श्रेष्ठ खिलराज रेग्मी नेतृत्वको सरकारमा पर्यटनमन्त्री थिए।