काठमाडौं । विवेक ओझाको उपन्यास ‘ऐँठन’ले मदन पुरस्कार जितेको छ।
आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले २०७९को मदन पुरस्कार ‘ऐँठन’लाई दिने निर्णय गरेको हो। पुरस्कारको सूचीमा रहेका ५ कृतिमध्येबाट ऐँठन छानिएको हो।
मनद पुरस्कारका लागि ऐँठनसँगै सुबिन भट्टराईको इजोरिया, द्वारिकानाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर सूचीमा थिए।
यस्तै, जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिने निर्णय गरिएको छ।