काठमाडौं । धादिङमा ट्रकको ठक्करबाट दुई बालकको मृत्यु भएको छ । गजुरी गाउँपालिका–२, मजुवामा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १५ र १६ वर्षका क्रमशः सञ्जिव श्रेष्ठ र निर्मल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । दुवै बालक सिद्दलेक गाउँपालिका ६ परेवाटारका रहेको प्रहरीले जानकारी दिएको छ । दुवैजना बागेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी हुन् ।
प्रदेश २–००१ ख ६४१३ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सन्तुलालप्रसाद जैसवालले जानकारी दिए । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।