काठमाडौं । भरतपुर महानगरपालिकाले जाजरकोट भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको ८७ औँ कार्यपालिका बैठकले एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले जानकारी दिइन् । भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना, पुनःनिर्माण लगायतका काममा सहयोग पुर्याउन महानगरले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको मेयर दाहालले बताइन् ।
भूकम्प प्रभावितका लागि जम्मा हुने सहयोग जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको पाँच दिनको तलब, सहायकस्तरसम्मका कर्मचारीको तीन दिनको तलब, मावि शिक्षकको तीन दिनको तलब, आधारभूत तहका शिक्षकको दुई दिनको तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट हुने गरी मिलाइएको छ ।