काठमाडौं । नेकपा(एमाले)लमजुङ काठमाडौं सम्पर्क मञ्चको आयोजनामा शुभदिपावलीको अवसरमा देउसी भैलो, चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिका १६ माछापोखरीस्थित आरती पार्टी प्यालेसमा भएको कार्यक्रममा पार्टीका उप–महासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
मञ्चका अध्यक्ष दिपकबाबु बरालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी विशेष अतिथि, केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य जमिन्द्रमान घले अतिथि रहेका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य एवम् गण्डकी इन्जार्च कल्पना थापा, केन्द्रीय कार्यालय सदस्य एवं केन्द्रीय सदस्य डा.भिष्मनाथ अधिकारी, सल्लाहकार बाबुराम अधिकारी, गण्डकी प्रदेश सम्पर्क कमिटी अध्यक्ष ऋषिराम कँडेल, जिल्ला कार्य समिति लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारी, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ लगायतको उपस्थिति रहेको थियो ।