काठमाडौं । विश्वका प्रभावशाली सय महिलाको सूचीमा नेपालकी रुक्सना कपाली परेकी छिन् । बीबीसीले सार्वजनिक गरेको विश्वका सय प्रभावशाली महिलाको सूचीमा रुक्सना पनि परेकी हुन् ।
बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने प्रभावशाली सय महिलाको सूचीमा नेपालकी रुक्साना कपाली पनि परेकी हुन् ।
एलएलबी तेस्रो वर्षमा अध्ययनरत रुक्साना नेपालका एलजीबीटीक्यू प्लस समुदायलाई कानुनी र संवैधानिक अधिकार दिलाउन संघर्षरत रहेकी छिन् । उनी हाउजिङ क्याम्पेनर अन्तर्गत १०० प्रभावशाली महिलाको सूचीमा परेको पनि बीबीसीले जनाएको छ ।