काठमाडौं । सरकारले टिकटकमाथि प्रतिवन्ध गरेको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मंगलबार कारण देखाउ आदेश जारी गरेको हो। रिट निवेदकको माग बमोजिम किन अन्तरिम आदेश दिनु नपर्ने हो, त्यसको कारण पेश गर्न सरकारको नाममा आदेश दिएको छ।
गत कात्तिक १७ गतेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यसका विरुद्ध १४ जना कानून व्यवसायी सर्वोच्च पुगेका थिए। उनीहरूले टिकटकमा लगाएको प्रतिबन्ध हटाउन माग गरेका थिए। त्यसका लागि सरकारका नाममा अन्तरिम आदेश दिनुपर्ने जिकिर गरेका थिए।