काठमाडौं । दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् । गणतन्त्रविरुद्ध आन्दोलन छेडेका प्रसाईं भक्तपुरस्थित आफ्नै घरमा बन्दी भएका छन् ।
उनको तर्फबाट अधिवक्ता सुरेन्द्र भण्डारीले रिट दायर गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।
यो रिटमाथि आइतबार सुनुवाई हुने सूचना अधिकारी घिमिरेले जानकारी दिए ।