काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
न्यायाधीश कृष्णराम कोइरालाको इजलासले उनलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाण्डुको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि आज बिहीबार तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको थियो ।
यसअघि नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई भने पुर्पक्षका लागि थुनामै राख्ने आदेश भएको थियो ।