काठमाडौं । संसदीय सुनुवाइ समितिबाट सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छ जनाको नाम अनुमोदन भएको छ।
न्यायपरिषदले गत मंसिर ५ गते सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेका उनीहरुको नाम बुधबार बसेको समिति बैठकले अनुमोदन गरेको हो।
सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान, बालकृष्ण ढकाल र सुनिल पोखरेल सिफारिस भएका थिए ।