काठमाडौं । नेपाल व्यावसायिक कलाकार संघदर् पत्रकार, कार्टुनिष्ट तथा टोखा छहरे मिडिया प्रा.लि का अध्यक्ष सानुराज डंगोल सम्मानित भएका छन् ।
संघको २९ औं स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको उपलक्ष्यमा प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डंगोलबाट पाँच हजार नगध राशीसहित राजेश मानन्धर कार्टून एवार्ड– २०८० ले कार्टुनिष्ट डंगोल सम्मानित भएका हुन् ।
संघले स्थापना दिवसको अवसरमा विभिन्न विधामा सम्मान प्रदान गर्दै आइरहेको छ । संघले यस अवसरमा अग्रज कलाकारहरूलाइ सम्मान गरेको थियो ।