काठमाडौं । राज्य व्यवस्था समितिले अन्तरराष्ट्रिय निकायलाई खुशी बनाउनकै लागि हतार–हतार मुद्दा चलाउने पद्धति निरुत्साहित गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ।
बिहीवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक सम्पत्ति शुद्धिकरणसम्बन्धी भएको छलफलपश्चात समितिले विभागलाई यस्तो निर्देश दिएको हो।
समितिका सभापति रामहरि खतिवडाले समिति बैठकमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अन्तरराष्ट्रिय निकायलाई खुशी बनाउन हतार–हतारमा मुद्दा नचलाउन आग्रह गरे।
उनले प्रमाणहरुलाई राम्रोसँग अध्ययन गरेर कोही पनि विभागको कामबाट आतंकित नहुने गरी मुद्दा अघि बढाउन विभागलाई आग्रह गरे।
सभापति खतिवडाले नेपालमा उद्योगी व्यापारीलगायत अन्य मानिस आंतकित हुने वातावरण राजश्व अनुसन्धानले र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गर्न नहुने बताए।
