काठमाडौं । स्पट म्याच फिक्सिङमा राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर आदिल अन्सारी र पूर्व खेलाडी महबुब आलमसहित पाँच जनाले सफाइ पाएका छन्।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले स्पट फिक्सिङमा दावी नपुगेको भन्दै उनीहरुलाई सफाइ दिएका हुन्।
गत वर्ष काठमाडौँमा भएको नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोप उनीहरुमाथि थियो। पक्राउ परेका ३ खेलाडी पछि धरौटीमा छुटेका थिए।
गत वर्ष ९ देखि २७ पुसमा काठमाडौँको कीर्तिपुरमा भएको नेपाल टी २० प्रतियोगितामा स्पट फिक्सिङ भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले अनुसन्धान गरेको थियो।
अनुसन्धानकै क्रममा प्रहरीले महबुब आलम, आदिल अन्सारी र नितेश गुप्तालाई पक्राउ गरेको थियो। प्रहरीले फिक्सिङमा संलग्न भएको दावी गरेका नवीन कँडेल र रवि माझी फरार थिए।