काठमाडौं । उदयपुर त्रियुगा नगरपालिकाका प्रमुख बसन्त बस्नेत कोशी प्रदेश समन्वय परिषद् सदस्यमा नियक्त भएका छन् । संघ, प्रदेश तथा स्थानीय(समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २४ को उपदफा १(ङ) बमोजिम बस्नेतलाई सदस्यमा नियक्त गरिएको हो ।
मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चैत ११ गतेका निर्णय अनुसार बस्नेतलाई सदस्यमा नियुक्त गरिएको प्रदेश सचिव बन्द्री कुमार कार्कीले जानकारी दिएका छन् ।