काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा एकैदिन *२१ सय रुपैयाँले बढेको छ । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । बिहीबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।