काठमाडौं । लमजुङको दोर्दी गाउँपालिका वडा नं. ८ मा आयोजित १७ औ हिलेबजार खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि सिद्धगुफा युवा क्लव विमलनगरले हात पारेको छ ।
आयोजक हिलेबजार युवा क्लव र सिद्धगुफा युवा क्लवबीच भएको फाइनल खेलमा १ काविरुद्ध ३ गोल गर्दै सिद्ध गुफा विमल नगरले प्रतियोगिताको उपाधि जितेको हो । प्रतियोगिताको विजेता सिद्धगुफाले नगद १ लाख ५० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता हिलेबजारले द्धितिय पुरस्कार ९० हजार रुपैया, मेडल र प्रमाणपत्र पाएको छ ।
प्रतियोगिताको सेमिफाइल सम्म पुग्न सफल दुई टिम दुवार युथ सोसाइटी र शान्तिमिलन युवा क्लव नौथर सेरालाई १५/१५ हजार रुपैया, मैडल र प्रमाणप्रत्र पुरस्कार दिइएको छ । प्रतियोगिता अवधिभर ९ गोल गरी दुवार युवा क्लवका अजुन भण्डारीले सर्वाधिक गोलकर्ता, हिलोबजार युवा क्लवका लिलजंग तामाङले उत्कृष्ट खेलाडि र हिलेबजारकै सुजन विकले उत्कृष्ट किपरको उपाधि पाएका छन् । तिनै जना खेलाडिलाई नगद ५/५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक हिलेबजार युवा क्लवका सचिव अमर तामाङले बताए ।
हिलेबजार युवा क्लवले फागु पूर्णिमाको अवसरमा १७ औ सेभेन ए साइड खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको हो । चैत्र ११ गतेदेखि सुरु भएको भएको प्रतियोगितामा २६ टिम सहभागि थिए । क्लवले फागुपूर्णिमा होली मेलाको अवसरमा दोर्दी गाउँपालिका स्तरीय आमा समुह नृत्य प्रतियोगिता, भेट्रानस फुटबल समेत आयोजना गरेको थियो ।