काठमाडौं । मर्स्याङ्दी नदी ड्यामसाइड क्षेत्रमा मोटरबोट सञ्चालन गरिने भएको छ । आगामी २०८१ वैशाख ०२ गतेबाट आँबुखैरेनी गाउँपालिकाको आयोजनामा उर्जा जलश्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा मोटरबोट सञ्चालन तथा समुद्घाटन गर्न लागिएको हो ।
उक्त दिन बिहान ११ बजे एक्लेफाँट ग्राउण्ड आँबुखैरेनी २ मा उद्घाटन समारोह राखिएको गाउँपालिकाले जनाएको छ ।