काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकामा रहेको श्रीमन्ज्याङ स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । बुधबार दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष ओम बहादुर गुरुङ,प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले,वडा नं.३ का वडा अध्यक्ष कृष्ण बहादुर गुरुङ,स्वास्थ्य शाखा प्रमुख आइतमान गुरुङ,वडा सदस्यहरु,जनस्वास्थ्य अधिकृत सुजन सुनार,विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरु,महिला स्वयमसेविकाहरु स्थानीय बुद्धिजीवीहरु लगायतको उपस्थिति रहेको थियो।