काठमाडौं । जापानका विदेशमन्त्री योको कामीकावा आइतबार नेपाल भ्रमणमा आउँदै छिन् । जापानबाट पाँच वर्षपछि विदेशमन्त्रीको भ्रमण हुन लागेको हो । कामीकावा माडागास्कार, आइभोरिकोस्ट, नाइजेरिया र फ्रान्स हुँदै श्रीलंकापछि नेपाल आउन लागेकी हुन् ।
विदेशमन्त्री कामीकावाले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले आइतबारै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग द्विपक्षीय औपचारिक वार्ता गर्नेेछिन् ।