हेटौँडा । बागमती प्रदेश सरकारका चार मन्त्रीले शुक्रबार पदबाट राजीनामा दिएका छन्। राजीनामा दिने सबै मन्त्रीहरू नेपाली कांग्रेसबाट सहभागी भएका थिए।
राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने रहेका छन्।
चारै जना मन्त्रीले मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्।