काठमाडौं । लमजुङको मस्र्याङदी र दोर्दी गाउँपालिकाको सिमानामा रहेको ऐतिहासिक तथा पर्यटकीय स्थल हो बाह्र पोखरी । यो पोखरीमा वैशाख पूर्णिमा र जनै पूर्णिमामा मेला लाग्ने गर्दछ ।
यहाँबाट मनास्लु हिमशृंखलाअन्तर्गतका हर्कजुङ हिमाल, हिमालचुली, मानश्री (पिक २१) र मनास्लु हिमाल दृश्यावलोकन गर्न सकिन्छ भने मममोहक हिमालसँगै रंगीचंगी गुराँस समेत देख्न सकिन्छ ।
यहाँ दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास समेत रहि आएको छ । यहिबाट दुधपोखरी र मेमे पोखरी समेत पुग्न सकिन्छ ।
हेर्नुहोस् तस्बिरहरु
सबै तस्बिरः सरोज गुरुङ