काठमाडौं । सल्यानको शारदा नगरपालिकासहित ३ पालिकाका नगर प्रहरीको दिक्षान्त समारोह सम्पन्न भएको छ । मंगलबार शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगन्जमा भएको समारोहमा शारदा नगरपालिका, बागचौर नगरपालिका र सिद्ध कुमाख गाउँपालिकाका २४ जना नगर प्रहरी दिक्षित भएका छ्न् । जसमा शारदा नगरपालिकाका ११ जना नगर प्रहरी रहेका छ्न् ।
समारोहलाइ सम्बोधन गर्दै नगर प्रमुख भण्डारीले नव प्रबेशी नगर प्रहरीहरुलाइ बधाइ तथा शुभकामना दिँदै पालिकाको सुरक्षा तथा सुव्यवस्था कायम गर्न इमान्दार भएर लाग्न निर्देशन दिए । उक्त अवसरमा नगर प्रहरीले प्रमुख अतिथि भण्डारीलाई सलामी अर्पण गर्दै कवाज प्रदर्शन र सफत ग्रहण गरेका छ्न्।