जन्मदिनमा रोपौं बिरुवा, छाउँछ खुशियाली
डाँडाकाँडा, पखेरा हुन्छ हरियाली
वसन्तको हरियाली आज कता गयो
बढ्न थाल्यो प्रदूषण वन विनाश भयो
हरियो वन नेपालको धन ओझ्यालमा पर्दै
मानिस अझै मूर्ख बन्दै छन् रूख काट्दै
पृथ्वीको अजोन तह पातलिँदै गाछ
पानीको मूल सुकेको छ जमीन तात्दै गाछ
कार्बन ग्यासले सास फेर्न पनि गाह्रो भाछ
धुवाँ, धुलो, बढ्दै गयो प्रदूषण भाछ
चराचुरुङ्गी, बन्यजन्तु पनि लोप हुन्छ
अप्रत्याशित भाइरस रोगले मानिसलाई छुन्छ
वृक्षारोपण गर्ने अब गरौं हातेमालो
भोली यसले बचाउँछ ज्यान आज हाम्रो पालो
प्रकृतिले हामीलाई लगाको छ रिन
वृक्षारोपण गरौं आफ्नो जन्मदिन
जन्मदिनमा बोट रोपौं हुने गर्छ हित
मानिस अनि प्रकृति को यही नै हो जित
असल कर्म गर्ने आजै सुरु गरौं
गाउँ समाज देशै मा पनि अघि बढाउ
सुदिप वि.क
बेसिशहर–११ लमजुङ