काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ ।
आज (बिहीबार) बिहान सार्वजनिक नतिजाअनुसार ५२ दशमलव १४ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३१३ जना विद्यार्थी यस वर्षको परीक्षामा अनुत्तीर्ण अर्थात् ‘ननग्रेड’ भएका छन् ।
ननग्रेड हुने छात्रको संख्या १ लाख १४ हजार ४८ छ भने छात्राको संख्या १ लाख २८ हजार २ सय ५७ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अनुसार सबै विषयमा जीपीए १.६ अर्थात् ‘डी’ ग्रेड नल्याउने विद्यार्थीको रिजल्ट ननग्रेड भएको हो । यो भनेको अनुत्तीर्ण हो ।
सार्वजनिक नतिजाअनुसार ३.६० देखि ४ जीपीएसम्म (सबैभन्दा राम्रो नतिजा) ल्याउने विद्यार्थी ३१ हजार २०९ जना छन् । त्यसमा छात्रको संख्या १६ हजार ९ सय १० छ भने र छात्राको संख्या १८ हजार २९८ छ ।
जीपीए ३.२० देखि ३.६० सम्म ल्याउनेको विद्यार्थीको संख्या ६८ हजार २५६ छ । जसमा छात्रको संख्या ३६ हजार ९०३ र छात्राको संख्या ३१ हजार ३५२ छ ।
जीपीए २.८० देखि ३.२० सम्म ल्याउने विद्यार्थीको संख्या ७८ हजार ८७६ छ । जसमा छात्रको संख्या ४२ हजार १३५ छ भने छात्राको संख्या ३६ हजार ७३८ छ ।
जीपीए २.४० देखि २.८० सम्म ल्याउने विद्यार्थी ४१ हजार १७७ छन् । जसमा छात्रको संख्या २१ हजार ६८९ छ भने छात्राको संख्या १९ हजार ४८७ छ ।
जीपीए २ देखि २.४० सम्म ल्लाउने विद्यार्थीको संख्या २ हजार ९५० छ । जसमा छात्रको १ हजार ५७९ र छात्राको संख्या १ हजार ३७१ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
जीपीए १।६ देखि २ सम्म ६ ल्याउने विद्यार्थी ६ जना मात्रै छन् । ती सबै छात्र हुन् । यो ग्रेड ल्याउने छात्रा छैनन् ।
गएको चैत अन्तिम सातासम्म सञ्चालन भएको २०८० सालको एसईई परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । जसमा छात्रको संख्या २ लाख ३३ हजार २७० थियो भने छात्राको संख्या २ लाख ३१ हजार ५०३ थियो ।