काठमाडौं । वैदेशिक रोजगार विभागले जापानमा प्राविधिक अभ्यासार्थी पठाउन चाहने संस्थाहरुलाई सूचीकृत हुन आग्रह गरेको छ ।
जापान इन्टरनेशनल ट्रेनिङ कोअपरेशन अर्गनाइजेशन (जीटको)अन्तर्गत प्राविधिक अभ्यासाथीलाई जापान पठाउन चाहने इजाजतपत्रवाला म्यानपावर कम्पनीलाई जीटकामा सूचीकृत हुन विभागले एक सूचना जारी गर्दै आग्रह गरेको हो ।
इच्छुक इजाजतपत्रवाला संस्थाहरुले नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने सम्बन्धी निर्देशिका, इच्छुक ईजाजतपत्रवाला संस्थाहरुले नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका, २०६६ (दोश्रो संशोधन, २०७१) को दफा १६ को उपदफा (२) तथा (३) वमोजिम १५ दिन भित्र सूचीकृत हुन विभागले आग्रह गरेको छ ।
यसअघि सूचीकृत भइ नवीकरण वहाल रहेका इजाजतपत्रवाला संस्थाहरुले पुनः सूचीकृत हुन नपर्ने पनि सूचनामा उल्लेख छ ।