काठमाडौं । लागूषध बिक्री गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन्। पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा रहेको शुभविहानी पोलिक्लिनिकबाट बिहीबार श्रेष्ठलाई पक्राउ गरिएको हो।
लागुऔषधसहित पक्राउ परेका युवाले बयान दिएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए। साउन ३ गते लागूऔषध मुद्दामा प्रकाउ परेका युवाले बयान दिएपछि दिया फार्मेसीका संचालकसमेत रहेका श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो।