काठमाडौं । नेप्सेमा आज ५० अङ्कको गिरावट आएको छ । आइतबार नेप्सेमा ५०.७३ अङ्कले घटेर २६३७.७९ विन्दुमा रोकिएको छ । आज ३२४ कम्पनिको कारोबार हुदा २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता शेयर १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९५७ को खरिद बिक्री भएको छ ।
आज कारोबारमा आएमा मध्ये सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ०.९३, विकमास बैंक २.५१, फाइनान्स ३.५३, होटल तथा पर्यटन ३.६८, हाइड्रोपावर १.४८, लगानी २.८०, जीवन बीमा २.७४, उत्पादन १.७९, माइक्रोफाइनान्स १.८८, निर्जीवन बीमा २.१६, अन्य २.२३ र व्यापार ०.९० प्रतिशत घटेका छन् ।
नेप्सेका अनुसार आज रिभर फल्स पावर, हिमालयन हाइड्रो र रावा इनर्जीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज थ्री स्टार हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा बढी सिइबिडि हाइड्रोको सबै भन्दा बढी ६४ करोड ३८ लाख ६६ हजार ७८० बराबरको शेयर कारोबार भएको छ । त्यस्तै सिंगाटी हाइड्रोको सबैभन्दा बढी ९ लाख ३४ हजार ५७८ कित्ता शेयर कारोबार भएको छ ।