काठमाडौं । विशेष अदालत काठमाडौंमा मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार ठहर भएका पाँच जनालाई आठ आठ वर्ष कैस सजाय सुनाएको छ। सोमबार विशेषका अध्यक्ष नारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले गत भदौ २४ गते दोषी ठहर गरेकाहरुलाई सजाय निर्धारण गरेको हो।
विशेषका प्रवक्ता यज्ञराज जोशीका अनुसार दोषी ठहर भएकाहरु पूर्वसचिव समेत रहेका खानेपानी समितिको अध्यक्ष गजेन्द्रकुमार ठाकुर, कार्यकारी निर्देशक सूर्यराज कँडेल, अर्का समितिको कार्यकारी निर्देशक र बोर्डको सचिव रामचन्द्र देवकोटालाई सजाय निर्धारण गरेको हो। जोशीका अनुसार विशेषले ठाकुर र कँडेलसँग १० करोड १० लाख ६१ हजार ७५ रुपैयाँ बिगो भराउन आदेश दिएको छ। त्यस्तै, देवकोटासँग २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ बिगो माग गरेको छ ।
विशेषले परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मालाई पनि आठ वषै नै कैद तोकिएको छ। तर उनलाई जेष्ठ नागरिक भएकाले दुई वर्ष मिनाहा भएर ६ वर्ष कामय गरिएको छ । उनलाई पनि २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ बिगो भराउन आदेश दिएको छ।