काठमाडौं । लमजुङ बेसिशहर नगरपालिका १० र ११ जोड्ने पासा चौर जाने बाटो विगत पाँच महिनादेखि बिग्रिएपनि मर्मत हुन सकेको छैन ।
बिग्रिएको बाटो बनाउने विषयमा भने कुनै चासो हुन नसकेको स्थानीयले गुनासो गरेका छन् । अहिले त्यही पहिरोले बगाएको ढुंगा, गिट्टी, टेण्डर खोलिएको छ ।
सडक मर्मत हुन नसक्दा आवातजावत गर्न समस्या भएको स्थानीयले बताएका छन् । बेसिशहर ११ नजिकैको हाइड्रोबाट लमजुङ लगायत छिमेकी जिल्लालाई र बेसिशहर नगरपालिकालाई वर्सेनी रोयल्टी आएको छ । तर सोही वडामा सडक बत्ती समेत मर्मत हुन सकेको छैन् ।
आफुले विद्युतमा बजेट राखेर काम ग¥यो भने फर्छ्योट हुन समय लगाइ दिने हुँदा यसपटकदेखि नगरपालिकालाई अनुरोध गरिएको बेसिशहर नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष शिवप्रसाद जोशी बताउँछन् ।
यस्तै फोहोर व्यवस्थापनको लागि जति पटक कुरा गरेपनि कुनै सुनुवाइ हुन नसकेको उनको भनाइ छ । बेसिसहर ११ मा ६ महिनामा ३ वटा सचिव फेरिएका छन् । वडाध्यक्ष जोशीले भने, ‘हाकिमले स्वास्थ्यको कर्मचारी समेत फेरबदर गर्छन्, तर हामिलाई थाहा हुँदैन । को आउँछ को जान्छ ।’