काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी २० लिग आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई विश्वास गर्नु गल्ती भएको जनाएको छ ।
बिहीबार काठमाडौंको एक होटलमा आयोजित पत्रकार सम्मलेलनमा बोल्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले ‘कुनै पनि खराब ट्रयाक रेकर्ड नभएकाले विश्वास गरेको र त्यो विश्वास गर्नु गल्ती भएको’ बताए।
लिग चलिरहँदा बीचमा नै सेभेन थ्री स्पोर्ट्सका प्रमुख जतिन आलुवालिया भारत जानु र क्रिकेटमा स्पट फिक्सिङ हुनु दुःखद भएको उनको भनाइ थियो। पत्रकार सम्मेलन गर्न क्यान सीआईबी र राखेपको निर्णय पर्खिएर बसेको पनि अध्यक्ष चन्दले बताए।
लिग चलिरहँदा प्रतियोगिता पूरा गर्न र प्रतियोगिता जोगाउन फिक्सिङ र स्पट फिक्सिङ नभएको किटान गर्दै विज्ञप्ति निकालेको पनि उनको स्पष्टोक्ती थियो। अब सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता नियामक निकायको निर्णयअनुसार हुने उनले बताए।