काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सवारीलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चेकजाँचमा कडाइ गरिएको छ ।
आइतबार दिउँसो ३ बजे पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदैछन्। विभिन्न राजावादी संगठनहरू उनको स्वागतका लागि विमानस्थलसम्म जाने तयारी गरेका छन्। त्यसकारण विमानस्थल बाहिर चेकजाँचमा कडाइ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएइको छ।
विमानस्थलमा हवाइ टिकट भएका यात्रु र स्टाफ बाहेक अरुलाई एयरपोर्ट छिर्न निषेध गरिएको छ। काठमाडौंको सबै स्थानमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। चोक-चोकमा प्रहरीको संख्या बढाइएको छ।
नियमित ड्युटीभन्दा एक हजार बढी प्रहरी परिचालन गरिएका छन् । पूर्वराजाको स्वागतमा राप्रपा, राप्रपा नेपालसहित विभिन्न संघसंस्थाहरूले काठमाडौंका विभिन्न स्थानबाट र्यालीसहित प्रदर्शनको तयारी गरेका छन् ।