काठमाडौं । विज्ञापन बोर्डको अध्यक्षमा गजेन्द्र कुमार ठाकुर नियुक्त भएका छन् । यसअघिका अध्यक्ष लक्ष्मण हुमागाईं आफ्नो कार्यकाल पूरा गरी २०८१/१२/१९ गतेदेखि बोर्डबाट बिदा भएपछि केही समयको लागि ठाकुरलाई नियुक्त गरिएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता समेत रहेका ठाकुरलाई नियमावली अनुसार नै अध्यक्ष नियुक्त गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रतिनिधि बोर्ड सदस्य रहने व्यवस्था रहेको र सोही अनुसार बोर्डको अध्यक्ष बोर्डमा ठाकुर नियुक्त हुनुभएको बोर्डका सूचना अधिकारी डिल्लिराम सुवेदीले जानकारी दिए ।