काठमाडौं । निवर्तमान शिक्षामन्त्री विद्या भट्टराई सफा टेम्पोमा भेटिएकी छिन् । हालै मात्र शिक्षामन्त्रीबाट राजीनामा दिएकी उनी सफा टेम्पो चढेको तस्बिर एमालेकै अर्का सांसद तारा लामा तामाङले सार्वजनिक गरेका छन् ।
तामाङले आज फेसबुकमा पोस्ट गरेको तस्बिर तीन दिन अगाडिको हो । लामाका अनुसार जारी संसद अधिवेशनको पहिलो दिनको बैठक सकिएपछि उनी डेरा फर्किनको लागि संसद भवनको ३ नम्बर गेटमा पठाओ कुरिरहेका थिए ।
त्यही क्रममा निवर्तमान मन्त्री भट्टराई पनि संसद बैठकपछि निवास फर्किने क्रममा टेम्पु चढ्दै गरेको उनले देखे । त्यसपछि उनले मोबाइलबाट केही तस्बिरहरु खिचेका थिए ।