काठमाडौं । अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ अनिश्चितकालका लागि बन्द भएको छ । यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै वैशाख २५ गतेदेखि प्रिन्टिङ प्रणालीमा समस्या आएकाले लाइसेन्स छपाइ अनिश्चितकालका बन्द भएको जानकारी गराएको हो ।
विभागका अनुसार अहिले प्रिन्टिङ प्रणालीमा देखिएको समस्या समाधानका लागि काम भइरहेको छ । समस्या समाधान हुने बित्तिकै अत्यावश्यक लाइसेन्स छपाइ सम्बन्धी काम सुचारु हुने विभागले जनाएको छ ।
अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सेना, प्रहरी र गैरआवासीय नेपालीका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ हुँदै आएको छ ।