काठमाडौं । चितवनको टिकौली जंगलमा ग्यास बुलेट र ट्रक एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
शुक्रबार बिहान भरतपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल–०१ एन ०१३३ नम्बरको ग्यास बुलेट र विपरीत दिशातर्फ जाँदै गरेको बा प्र ०३–००१ ख ३४१९ नम्बरको ट्रक एकापसमा ठोक्किएका हुन् ।
दुर्घटनामा ट्रकका सहचालक राप्ती नगरपालिका-२ का २४ वर्षीय प्रविन प्रजा र ग्यास बुलेट चालक भारतको बिहारका ४५ वर्षीय जगदेव यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय, चितवनमा प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
सहचालक प्रजाको चितवन मेडिकल कलेज र यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रक चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।