काठमाडौं । लमजुङ प्रहरीले प्रतिबन्धित लागुऔषधसहित तीन जना युवालाई सुन्दरबजारबाट पक्राउ गरेको छ। विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले सुन्दरबजारमा लागूऔषध खरिद–बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सुन्दरबजार–९ का २८ वर्षीय किसान गुरुङ, सोही वडाका रोशन गुरुङ र वडा नम्बर ६ का २० वर्षीय विशाल गुरुङ रहेका छन्। प्रहरीले उनीहरूको साथबाट ११० क्याप्सुल ट्रामाडोल, ७ ग्राम गाँजाजस्तो देखिने पदार्थ, र कारोबारमा प्रयोग भएको नगद २० हजार ११५ रुपैयाँ बरामद गरेको जनाएको छ।
पक्राउ परेकाहरूलाई लागूऔषध नियन्त्रण सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको लमजुङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ।