लमजुङ । दोर्दी गाउँपालिका–४, नौथरमा खुल्ला व्यायामशाला निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ। गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रमअन्तर्गत निर्माण गरिएको यो व्यायामशाला सर्वसाधारणका लागि निःशुल्क उपलब्ध छ।
व्यायामशालामा सबै उमेर समूहका लागि उपयुक्त विभिन्न शारीरिक व्यायाम उपकरणहरू जडान गरिएको गाउँपालिकाले जनाएको छ। यसले स्थानीय बासिन्दालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नुका साथै युवाहरूमा खेलप्रतिको रुचि बढाउने र महिलासहित जेष्ठ नागरिकलाई शारीरिक रुपमा सक्रिय रहन सहयोग पुग्ने विश्वास लिइएको छ।
गुणस्तरीय सार्वजनिक सेवा र पूर्वाधार विकासमार्फत नागरिकको जीवनस्तर उकास्न गाउँपालिका प्रतिबद्ध रहेको दोर्दी गाउँपालिकाले जनाएको छ।