काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारले तोकेको मितिमा विद्यालय शिक्षा ऐन नल्याएको भन्दै आक्रोश व्यक्त गर्दै २१ साउनभित्र ऐन जारी गर्न अल्टिमेटम दिएको छ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले ऐन प्रतिनिधिसभाबाट सहमतिअनुसार पारित गराउन सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको हो।
२०८० चैतदेखि सुरु भएको आन्दोलनपछि १७ वैशाखमा सरकारसँग भएको सहमति अनुसार १५ असारभित्र ऐन ल्याउने प्रतिबद्धता गरिए पनि सरकारले तोकिएको मिति नपु¥याएकोमा महासंघ असन्तुष्ट बनेको छ।
महासंघले २०७५, २०७८, २०८० र २०८१ मा भएका सहमतिहरूलाई स्मरण गराउँदै शिक्षकहरूको स्थायीत्व, बढुवा, सरुवा, ट्रेड युनियन अधिकार, द्वन्द्वपीडित शिक्षकहरूको व्यवस्थापनलगायतका विषय समेटिएको विधेयक तत्काल पास गर्नुपर्ने माग राखेको छ।
२१ साउनभित्र पनि ऐन पारित नभए कडा र सशक्त आन्दोलन गर्ने चेतावनी दिँदै महासंघले त्यसबाट उत्पन्न हुने परिस्थिति र जिम्मेवारी राज्यपक्षले लिनुपर्ने स्पष्ट पारेको छ।