काठमाडौं । लायन्स क्लब अफ काठमाडौं नेपालय र लियो क्लब अफ काठमाडौं नेपालयको संयुक्त आयोजनामा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार काठमाडौंको टोखा नगरपालिका–३ स्थित झुडोल पार्कमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो ।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं नेपालयका अध्यक्ष भुवन श्रेष्ठ, पूर्व अध्यक्ष किरण श्रेष्ठ, सचिव प्रकाश श्रेष्ठ, कोषाध्यक्ष खेमराज चौधरी, क्लबका सदस्यहरू, स्थानियबासीहरू, झुडोल पार्क व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
वृक्षारोपण कार्यक्रम अन्तर्गत विभिन्न प्रजातिका फलफूलका बोटबिरुवा जस्तै चाप, धुपी, बेलपत्र, गुलाफ, नीम तथा विभिन्न प्रकारका फूलका बिरुवाहरू रोपिएको थियो।
कार्यक्रमको अवसरमा क्लब अध्यक्ष भुवन श्रेष्ठले वातावरण संरक्षण र हरियाली विस्तारका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिइने जानकारी दिए । उनले आगामी दिनहरूमा थप वृक्षारोपण कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको समेत बताए ।