काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले अहिलेको संकटको निकास विधिको शासन र संविधानवादबाट नै खोज्नुपर्ने बताएका छन् । सभामुख र अध्यक्षले संयुक्त वक्तव्य जारी गर्दै उक्त कुरा उल्लेख गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ । यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानु हुँदैन भन्नेमा हामी दृढ छौँ ।’
आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन पनि विज्ञप्तिमार्फत घिमिरे र दाहालले अपिल गरेका छन् ।