काठमाडौं । आज शेयर बजारमा तेस्रो पटक नकारात्मक सर्किट लाग्दै बाँकी कारोबार स्थगित भएको छ। यसले जेनजी आन्दोलनको प्रभाव शेयर बजारमा स्पष्ट देखाएको छ।
सरकार परिवर्तनपछि खुलेको पहिलो दिन, बजार खुलेको २ मिनेटमै नेप्से ४ प्रतिशत घट्दा पहिलो नकारात्मक सर्किट लागेर कारोबार २० मिनेटका लागि रोकियो। पहिलो सर्किट हटेपछि ११ बजेर २२ मिनेटमा बजार खुल्दा, नेप्से दोस्रो पटक ५ प्रतिशतले घटेर ११ बजेर २३ मिनेटमा दोस्रो नकारात्मक सर्किटमा पुगेको थियो।
अन्ततः, आज बिहान १२ बजेर ३ मिनेटमा नेप्से ६ प्रतिशतले घटेर दिनभरिका लागि तेस्रो सर्किटमा रोकियो र बाँकी कारोबार स्थगित गरिएको छ। विश्लेषकहरूले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरता र अनिश्चितताले लगानीकर्तामा डर बढाएको र बजारमा लगातार दबाब सिर्जना भएको बताएका छन्।