काठमाडौं । जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गर्दै पत्र बुझाएको छ । अलायन्सले आज आयोगमै औपचारिक पत्र बुझाएको हो ।
भदौ २३ गतेदेखि सुरु भएको जनेजी आन्दोलनका मुख्य मागहरू भ्रष्टाचार र दण्डहीनताको अन्त्य पूरा गर्न अख्तियारमा निष्पक्ष, स्वतन्त्र र सक्षम नेतृत्व आवश्यक रहेको भन्दै अलायन्सले अख्तियारका हालका पदाधिकारीहरूबाट यो कार्य सम्भव नभएको जिकिर पत्रमा गरेको छ ।