ललितपुर । ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित सडकमा बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
लु.५६ प १००३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक लमजुङ भोटेओडार घर भएका ३४ वर्षीय नवराज अधिकारी गम्भीर घाइते भएका थिए।
उनीलाई उपचारका लागि पाटन अस्पताल पुर्याइए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।