काठमाडौं । टोखा नगरपालिका–२ चण्डेश्वरीमा बिहीबार राति ४० वर्षीय युवकको हत्या भएको छ । पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको हत्या भएको प्रहरीले जनाएको छ ।
उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुपबहादुर तामाङले वादविवादपछि फलामको रड प्रहार गरी उनको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा मृत्यु भएको हो ।