काठमाडौं । नवनियुक्त दुई मन्त्रीले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा.सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन्।
शपथ समारोहमा प्रधानमन्त्री कार्की, प्रमुख सचिव, मन्त्रिपरिषद् सचिव र उच्च अधिकारीहरूको उपस्थितिमा दुबै मन्त्रीले शपथ ग्रहण गरेका थिए। यसअघि प्रधानमन्त्री कार्कीले थप दुई जना खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठलाई पनि मन्त्रीका रूपमा सिफारिस गरेकी थिइन्। तर, अन्तिम समयमा आएर सुनार र श्रेष्ठको नाममा विवाद उठेपछि उनीहरूको शपथ स्थगित गरिएको हो।
सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको थियो। हाल प्रधानमन्त्री कार्कीले बाँकी दुई मन्त्रालयमा नयाँ नाम सिफारिस गर्ने वा पुनर्विचार गर्नेबारे आन्तरिक छलफल जारी राखेकी छिन्।

