काठमाडौं । तनहुँको आँबुखैरेनी–२ एक्लेफाँटमा लमजुङ जाँदै गरेको माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। चितवनबाट लमजुङ जाँदै गरेको बाप्र ०३–००१ ज ०९३७ नम्बरको विद्युतीय माइक्रो चालकले नियन्त्रण गुमाएर सडकछेउको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।
घाइतेमध्ये माइक्रो चालक ईश्वरकुमार श्रेष्ठ (४२, बेँसीसहर–८, लमजुङ) रहेका छन्। अन्य घाइतेहरू चितवन, लमजुङ र नवलपुरका नागरिक हुन्। चितवनका घाइतेहरूमा शान्तामाया तामाङ (४५), कमई तामाङ (४८), बुधमाया तामाङ (५५), गङ्गाबहादुर तामाङ (४२), होमकुमारी तामाङ (४२), रश्मि तामाङ (१५), डोलराज तामाङ (३७) छन्।
लमजुङका घाइतेमा गङ्गा तामाङ (२०), मैतीमाया तामाङ (६३) रहेका छन् भने नवलपुरका घाइतेमा इन्द्रकुमारी तामाङ (४७), मङ्गली तामाङ (३०), सिर्जना तामाङ (५) छन्। भरतपुर–१६ का गममाया तामाङ पनि घाइते भएकी छन्। घाइतेहरूलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्था/अस्पतालमा पठाइएको छ।
