काठमाडौं। सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। प्रधान्यायाधीश प्रकाशमान सिंहको नेतृत्वमा संवैधानिक इजलासमा न्यायाधीश सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको सहभागिता रहेको थियो। इजलासले प्रधानमन्त्री कार्कीको नियुक्तिविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको छ।
रिटमा अधिवक्ता डा. पुण्यप्रसाद खतिवडालले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संविधानविपरीत पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाएको दाबी गर्दै नियुक्ति बदरको माग गरेका थिए। उनका अनुसार पूर्वप्रधानन्यायाधीश भइसकेका व्यक्तिलाई हालको संविधानअनुसार प्रधानमन्त्री बन्न नदिने व्यवस्था छ।
कार्कीलाई राष्ट्रपति पौडेलबाट गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त गरी धारा ८० बमोजिम शपथ गराइएको थियो। रिट निवेदनमा नियुक्तिकर्ता र नियुक्त भएका दुवै पक्षबाट संविधानको धारा ७६/१३२ (२) उल्लंघन भएको उल्लेख गरिएको छ।

