काठमाडौं । सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियान नेपालका संयाेजक दुर्गा प्रसाईँलाई थुनामुक्त गर्ने आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्ने आदेश दिएको हो।
उनलाई प्रहरीले गत २ मंसिरको मध्यराती भक्तपुर मध्यपुर ठिमी नगरपालिका–६ स्थित निवासबाट पक्राउ गरेको थियो। उनीविरुद्ध शान्तिविरुद्धको कसुरअन्तर्गत अनुसन्धान अघि बढाइको थियो।


