काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालय को बोलपत्र डटकम डटएनपी वेबसाइट ‘ह्याकिङ’ गरी ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यवसायी विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
मुद्दामा कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डेसहित दिवाकर देउजा, भरत धामी, सञ्जय भट्ट, सागर कटुवाल, भाष्करराज अर्याल, जीवनकुमार दास, अनिल श्रेष्ठ, टंककुमार श्रेष्ठ, अमृत बोहरा लगायत २२ जनालाई प्रतिवादी बनाइएको छ ।
त्यस्तै, स्वदेश पोखरेल, प्रकाश ढुंगाना, ऋषिकेश गौली, राहुलजङ्ग कार्की, नारायण प्रसाद खिटिखु, इन्द्रबहादुर बोहरा, शान्तकुमार श्रेष्ठ, निरन्जन खनाल, कृष्णबहादुर खत्री, ज्योति सुवेदी, सरोज दाहाल र सुजन अधिकारी पनि प्रतिवादी सूचीमा परेका छन् ।
अभियोगपत्रअनुसार प्रतिवादीहरूले सरकारी सर्भर प्रणालीमा अनधिकृत पहुँच राखी तथा ह्वाट्सएप प्रयोगमार्फत ठेक्कासम्बन्धी विवरण हेरफेर गर्ने, ठेक्का मिलाउने तथा सेटिङमार्फत ठेक्का पार्ने गतिविधि गरेको पाइएको उल्लेख छ ।

